बिर्तामोड । सन्तोष सेन निर्देशित बलिदानको टिमले नयाँ गीत युट्युबमा रिलिज गरेको छ । ‘बाङ्गा बाङ्गा’ बोलको गीतमा आदिवासी समुदायको नृत्य देख्न सकिन्छ ।
गीतमा सुजन चापागाईं, भुषण खतिवडाको आवाज रहेको छ । म्युजिक कम्पोज भुषण खतिवडाको रहेको छ भने शब्द रचना हर्क साउदले गरेका हुन् ।
त्यस्तै डान्स कोरियोग्राफी सुनिल क्षेत्रीको रहेको छ । गीतमा उनको पनि नृत्य देख्न सकिन्छ । गीत हेर्दा समीर भट्ट यसमा घाइते जस्तो देखिन्छन् । सन्तोष सेनलाई आदिबासी समुदायको मुखिया जस्तो देखिएको छ ।
‘साला यो परानी जाबो एक मुठ्ठी खरानी’ कोरससँगै गीतमा एक खालको विद्रोही भाव सुनिन्छ । ‘बलिदान’ टाइटलले नै विद्रोह बोल्छ । असाेज १३ बाट रिलिज हुने फिल्मकाे अहिलेसम्म आक्रामक बुकिङ देखिएको छ । यस हिसाबमा हेर्दा फिल्मले राम्रै व्यापार गर्न सक्ने प्रबल सम्भावना रहेकाे छ ।