Home गीत/संगीत ‘कुरौनी’मा अनमोल र जसिताको केमिष्ट्री

‘कुरौनी’मा अनमोल र जसिताको केमिष्ट्री

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जेरी अन टप’को दोस्रो गीत ‘कुरौनी’ रिलिज भएको छ । कालीप्रसाद बास्कोटाको शब्द रचना तथा संगीत रहेको तामाङ सेलो फ्‌लेवरमा रहेको गीतमा संगीतकार बास्कोटा र सोमिया बराइलीको स्वर छ ।

जसमा सिनेमाका मुख्य कलाकारहरु अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा र केदार घिमिरे (माग्ने बुढा) लाई देख्न सकिन्छ । दुलिप रेग्मीले खिचेको गीतको भिडियोमा किरण थापामो कोरियोग्राफी रहेको छ ।

सुयोग गुरुङको निर्देशित ‘जेरी अन टप’मा भुवन केसी, उषा खड्गी लगायतको अभिनय रहेको छ । अनन्या फिल्मस्को ब्यानरमा बनेको यस फिल्ममा सरोज न्यौपानेको प्रस्तुति रहेको छ । त्यस्तै, रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ । सिनेमाको कथा हेमराज बिसीले लेखेका हुन् ।

सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद विश्वास तिम्सिनाको रहेको छ । छायांकन दुलिप रेग्मीको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link