Home Main Highlight News धीरज भन्छन् – ‘फिल्मले दर्शकको मन जित्छ भन्नेमा ढुक्क छु’

धीरज भन्छन् – ‘फिल्मले दर्शकको मन जित्छ भन्नेमा ढुक्क छु’

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र ‘माइतीघर’को रिलिजलाई लिएर यसका मुख्य अभिनेता धीरज मगर निकै उत्साहित छन् । पहिलो पटक मल्टिस्टारर फिल्ममा काम गरेका उनी यो फिल्मको स्क्रिप्ट नै निक्कै राम्रो भएको बताउँछन् ।

‘स्क्रिप्ट राम्रो लागेकैले यो फिल्म खेल्न राजी भएको हुँ’, उनी भन्छन् । यो फिल्मले तामाङ संस्कृतिको सेरोफेरोमा रहेर जुन किसिमको कथा प्रस्तुत गरेको छ, त्यसले आफूलाई आकर्षित गरेको उनी बताउँछन् । माइतीघर र चेलीको सम्बन्धलाई जुन शैलीमा देखाएको छ, त्यसले पक्कै दर्शकको मन जित्छ भन्नेमा आफू ढुक्क रहेको उनी बताउँछन् ।

‘मेरो पात्र पुरै नकारात्मक नभए पनि ग्रे सेडमा छ । यही पात्रको यात्रा नै मलाई मन परेको हो’, उनी भन्छन् । ट्रेलरमा उनी भिन्न गेटअपमा देखिएका छन् । कहिले प्रहरीको भेषमा त कहिले विदेशी लाहुरेको रुपमा । यसले दर्शकमा कौतुहलता र दुविधा थपेको छ ।

फिल्मले पूर्ण रुपमा मनोरञ्जन दिने र क्लाइमेक्सले दर्शकको मनमा विशेष स्थान बनाउने उनको दाबी छ । धीरजले फिल्म हेर्दा दर्शक हाँस्दाहाँस्दै रुनेमा आफू ढुक्क रहेको सुनाए । पारिवारिक फिल्म भएकाले पनि दशैंमा दर्शकका लागि विशेष हुने उनको बुझाइ छ ।

रोहित अधिकारीको निर्माणमा मिलन तामाङको निर्देशन रहेको यो फिल्ममा धीरजको साथमा केदार प्रसाद घिमिरे, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link