34
बिर्तामोड । गायक प्रताप दास र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘बयान’ सार्वजनिक भएको छ । सन्तोष सरगम अधिकारीको शब्द रहेको गीतमा सरोज पोखरेलको सङ्गीत छ ।
गीतको भिडियोमा सन्तोष सरगम अधिकारी, प्रियना आचार्य, नारायण बिक, रुपा पुडासैनी फिचर्ड छन् । रोशन दासले निर्देशन गरेको भिडियोमा जीवन र सफलताको कथा देखाउन खोजिएको छ।
नितेश घतानले छायाङ्कन गरेको भिडियोको सम्पादन विनोद बमले गरेका हुन् । सन्तोषको निर्माणमा बनेको भिडियो सरोज पोखरेलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।