Home Main Highlight News फेरि सर्यो ‘अभिमन्यु’को प्रदर्शन मिति, अब कात्तिक २१ मा

फेरि सर्यो ‘अभिमन्यु’को प्रदर्शन मिति, अब कात्तिक २१ मा

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति फेरि सरेको छ । देशमा बाढीपहिरोको विपद् र पछिल्लो अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले चलचित्र प्रदर्शनको मिति पोस्पन्ड गरेको हो । यो चलचित्र अब कात्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको छ ।

सेभेनसिज सिनेमाको अफिसियल फेसबुकमार्फत नयाँ प्रदर्शन मितिबारे जानकारी दिइएको छ । दर्शकको सहज पहुँच र सुरक्षित माहौलमा चलचित्र प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माता विनोद पौडेलको भनाइ छ ।

‘अभिमन्यु : च्याप्टर १’ नेपाली दर्शकका लागि मात्र नभई विश्वभरका दर्शकका लागि लक्षित छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गर्ने तयारी रहेको छ । भारत र विश्वका विभिन्न देशहरूमा समेत कात्तिक २१ गतेदेखि नै यसको विश्वव्यापी प्रदर्शन हुने निर्माण पक्षले बताएको छ ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रको निर्देशन सुशान्त गौतमले गरेका छन् भने मदन थापा क्रिएटिभ निर्देशकका रूपमा रहेका छन् । चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी रहेका छन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रङ संयोजन, मदन घिमिरेको सम्पादन रहेको छ ।

 

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link