Home Main Highlight News ‘मैझारो’को ‘साकेला नाचौं’

‘मैझारो’को ‘साकेला नाचौं’

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । कातिक ७ गतेदेखि रिलिज हुन लागेको चलचचित्र ‘मैझारो’को दोस्रो गीत ‘साकेला नाचौं’ सार्वजनिक गरिएको छ । गीतमा राजेशपायल राई र मेलिना राईको स्वर रहेको छ । पदम साधना कुलुङको शब्द रचना छ भने संगीत तोरेम्पाहाङ राईको छ ।

गीतमा कलाकार दयाहाङ राई, दिया पुन, धीरज मगर, मिरुना मगर र निर्देशक विल्सनविक्रम राईले साकेला नृत्य प्रस्तुत गरेका छन् । राई समुदायको मौलिक पर्व साकेला नाचको झल्को दिने उक्त गीतले नेपालको पूर्वी पहाडी क्षेत्रको संस्कृति उजागर गरेको छ । किरात समुदायमा उधौली र उभौली पर्वका बेला साकेला नाच विशेष महत्व राख्दछ ।

यो चलचित्र लिम्बु र राई समुदायबीचको प्रेम कथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । तिहारको समयमा यो गीत पूर्वी नेपालमा लोकप्रिय हुने अपेक्षा गरिएको छ । यसअघि सार्वजनिक भएको चलचित्रको पोष्टर, टिजर र गीत ‘तिमीलाई के थाहा सानु’ले दर्शकमाझ चर्चा बटुलिरहेको छ ।

‘मैझारो’ हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशनमा तयार भएको  चलचित्र हो । नेपाली मौलिक प्रेम कथामा आधारित यस चलचित्रमा धीरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भुपेन्द्र लिङ्देन, विशाल लिम्बुलगायत कलाकारको अभिनय छ ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भएको चलचित्रका गीतहरूमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत छ । गायनमा राजेशपायल राई, झुमा लिम्बु, मेलिना राई र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । छायांकन सौरभ लामाले गर्नुभएको छ । चलचित्रको वितरण आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link