Home Main Highlight News चलचित्र ‘लडाइँ पहिचानको’ नयाँ गीत सार्वजनिक

चलचित्र ‘लडाइँ पहिचानको’ नयाँ गीत सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । यही मङ्सिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लडाईं पहिचानको’ निर्माण टिमले ‘बैशालु जोवन’ बोलको गीत सार्वजनिक गरेको छ ।

यस गीतमा अभिनेत्री करिश्मा मानन्धर, धिरेन शाक्य, रोशन शर्मालाई देख्न सकिन्छ । विवाहको माहोलमा सोल्टी सोल्टिनी जिस्कँदै देउडा खेलौँ भन्ने भाकामा रहेको गीतमा स्वर प्रताप दास र बबीना किराँतीको रहेको छ भने शब्द तथा संगीत भीम बस्नेतको रहेको छ । गीतको एरेञ्जमेन्ट दिनेश लाल राजबहाकले गरेका हुन् ।

भीम लामाको कथा, पटकथा र निर्देशनमा बनेको यस फिलमले नेपाली समाजमा पहिचान, आत्म-सम्मान र संघर्षको कथा बोल्ने बताइएको छ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण पक्षले आफ्नो प्रचारप्रसार बढाउँदै लगेको छ ।

फिल्मका मुख्य कलाकारमा प्रशान्त तामाङ, करिश्मा मानन्धर, धिरेन शाक्य, जेनी घिसिङ, प्रेम सुब्बा, राजेन्द्र खड्गी, सुरवीर पाण्डित लगायत रहनेछन् । त्यस्तै, किशोर सम्बाहाम्फे, रोशन शर्मा, सुवास योन्जन, परसुराम चौधरी, शर्मिला राई, अरुण कुमार प्रधान, दिलु सुब्बा, रामजी बिष्ट, दिनेश कोइराला, कविता राई, छिरिङ लामा, नविन मेन्याङ्बो, डम्बर कुमारी लिम्बुको अभिनय पनि यस फिल्ममा देख्न पाइनेछ ।

फिल्मको छायांकन मदन कश्यप घिमिरेले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ रमेश डी. कौसिकले गरेका छन् ।

एक्सन निर्देशन देवकुमार महर्जन, कोरियोग्राफी मणिकुमार लिम्बु र सानु राजा थेगिमले गरेका छन् । यस्तै संगीतमा बलराम समाल, भीम बस्नेत, दीप्सन लिम्बु, शेखर थापा र सागर तामाङ रहेका छन् । गीतका शब्दहरू बुद्धबीर लामा, भीम लामा, ईरान राई, भीम बस्नेत, सागर तामाङ र राज हाङ लिम्बुले लेखेका हुन् ।

निर्मातामा भीम लामा, दिलु सुब्बा लुङ्बा, रामजी बिष्ट र उमेश तामाङ रहेका छन् । सह-निर्देशकका रुपमा बुद्धिमान तामाङ र प्रभिन किर्ती रहेका छन् । फिल्मको डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ भने देशभर कुबेर सिने डिस्ट्रीब्युसन प्रा.लि.ले वितरण गर्नेछ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link