12
बिर्तामोड । चलचित्र ‘लालीबजार’ बुधबारदेखि छायाँकन सुरु भएको छ । बर्दियाको राजापुरमा शुभ मुहुर्त गर्दै फिल्मको छायाँकन प्रारम्भ गरिएको हो ।
३५ दिनभित्र छायाँकन पूरा गर्ने लक्ष्य राखिएको निर्माण टिमले जनाएको छ । स्वस्तिमा खड्काको मुख्य भूमिका रहने यो फिल्मलाई षट्कोण आर्ट्सले निर्माण गरिरहेको छ ।
यम थापाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्री निर्माता तथा प्रदीप भट्टराई कार्यकारी निर्माताका रुपमा रहेका छन् ।
‘यहाँ कथासँगै व्यथा हजार’ ट््यागलाइन रहेको यो फिल्मको रिलिज डेट आगामी फागुन १ गते तोकिएको छ ।