Home Main Highlight News नीर शाहको मुख्य भूमिका रहेको ‘परान’को ट्रेलर सार्वजनिक
 

नीर शाहको मुख्य भूमिका रहेको ‘परान’को ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । यही कार्तिक १४ गतेबाट रिलिज हुने चलचित्र ‘परान’को ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा नेपाली समाजको पारिवारिक कथा देख्न सकिन्छ । जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका अभिभावकको पीडालाई ट्रेलरमा महसुस गर्न सकिन्छ ।

नीर शाहको मुख्य भूमिका रहेको यस फिल्मको निर्देशन दीपकप्रसाद आचार्य (काकु) ले गरेका हुन् । आचार्यकै कथा रहेको सिनेमाको पटकथा र संवाद यम थापाले तयार पारेका हुन् । बाइस्कोप सिनेमा प्रा.लि. फिल्म निर्माण गरेको हो ।

फिल्ममा महेश त्रिपाठी, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, बाल कलाकार आर्यादीप आचार्य, आरभजंग अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link