Home ठूलो पर्दा थ्रिलर फिल्म ‘कस्तुरी’मा निखिल र वर्षा
 

थ्रिलर फिल्म ‘कस्तुरी’मा निखिल र वर्षा

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा शिवाकोटी मुख्य भूमिकामा रहने नयाँ नेपाली फिल्म ‘कस्तुरी’ निर्माण हुने भएको छ। आइतबार निर्माण टिमले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो।

कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रा.लि. मार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धिरज अग्रवालले अब मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन्। उनी निर्माताको रूपमा टेन इन्टरटेनमेन्ट प्रा.लि. ब्यानरबाट ‘कस्तुरी’ निर्माण गर्न लागेका हुन्। फिल्ममा निखिल उप्रेती र वर्षा शिवाकोटी पहिलो पटक संगै पर्दा सेयर गर्ने भएका छन्।

यस फिल्मलाई ब्रजेश खनालले लेखेका छन्। निर्माता धिरज कुमार अग्रवाल हुन् भने सह–निर्मातामा अञ्जली चौधरी रहेकी छिन्। छायांकन आलोक शुक्लाले गर्नेछन् र प्रमुख सह–निर्देशन ललित बिष्टले गर्नेछन्।

संगीत प्रशान्त शिवाकोटीले गर्नेछन् भने गीत लेखन युवराज काफ्लेको हुने छ। फिल्मको प्रचार–प्रसार डिजाइन ट्राइडेन्टले गर्नेछ भने निर्माण व्यवस्थापक दिलीप पन्त रहेका छन्।

निर्माण पक्षका अनुसार ‘कस्तुरी’ को छायांकन आउँदो मंसिरदेखि काठमाडौं र आसपासका क्षेत्रमा सुरु हुनेछ भने डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय बजार व्यवस्थापन पनि छिट्टै टुंगो लगाइने निर्माण पक्षले जानकारी दिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link