Home Main Highlight News प्रदीप खड्का स्टारर विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’ को टिजर सार्वजनिक
 

प्रदीप खड्का स्टारर विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’ को टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । प्रदीप खड्का स्टारर नेपाली साइन्स-फिक्सन ड्रामा फिल्म ‘एक्लो’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण, मनोविज्ञान र थिमबारे संक्षिप्तरुपमा प्रकाश पारेकाेछ । यो फिल्म यसवर्षको कान्स मार्केटमा छनोट भैसकेको छ ।

नेपाल र बेलायतबीचको संयुक्त सहकार्य रहेको फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (जेमी बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।

तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाडबीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।

नेपालको मुस्ताङ, काभ्रे लगायतका थलोमा फिल्मको छायांकन गरिएको छ । फिल्ममा प्रदीपसहित दीया पुन, विजय लामा, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल लगायतको पनि अभिनय रहेकाे छ । ‘एक्लो’ १ जनवरी, २०२६ अर्थात आउँदो १७ पुसमा प्रदर्शन हुने जनाइएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link