बिर्तामाेड । भारतको डुवर्सबाट बनेको नेपाली चलचित्र ‘धागो’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा परिवारमा आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको संघर्ष देखाइएको छ।
उदिप राणा थापा निर्देशित फिल्मले विशेषत्ः नेपाल र भारतको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवनकथामा आधारित चलचित्र ‘धागो’ प्रस्तुत गरिएकाे निर्माण टिमकाे दाबी रहेकाेछ।
ट्रेलरमा परिवारको सांस्कृतिक सम्बन्ध र आपसी भावनालाई धागो संज्ञा दिइएको देख्न सकिन्छ। फिल्मले एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित पारेकाे देख्न सकिन्छ।

म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसले निर्माण गरेको फिल्ममा उमा थापा, उत्तम थापा र उदिप थापाले लगानी गरेका छन्। फिल्म बलिउडका अनिकेर एम. घोघले छायांकन गरेका हुन्।

