बिर्तामाेड । नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘द फन २ एसएसएस शो’को प्रसारण शनिबारबाट सुरु भएको छ । ओएसआर डिजिटलबाट हरेक शनिबार राति ९ बजे प्रसारण हुने शो हिल्स एन्ड होराइजन फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको हो ।
कमेडियन कैलाश कार्की निर्देशित शोको शोस्ट कमेडियन सन्तोष थापाले होस्ट गरेका छन् । शोमा आशीष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रेया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी छन् । उनीहरूले विभिन्न चरणमा फरक–फरक इम्प्रभ गेमहरू खेलेर प्रतिस्पर्धा गर्नेछन् ।
शोमा तीन राउन्ड सिल्भर, गोल्ड र डायमण्डमा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा ६ एपिसोड रहनेछ र एलिमिनेसन तथा वाइल्डकार्ड प्रणाली लागु हुनेछ । यसरी २० एपिसोडको अन्त्यमा एक जना विजेता घोषणा गरिनेछ। विजेताले जसले नगदसहित विभिन्न पुरस्कार जित्नेछन् ।
