Home Main Highlight News फिल्म हर्षको ट्रेलर सार्वजनिक
 

फिल्म हर्षको ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । एकता पौडेलको निर्देशनमा बनेको पारिवारिक सिनेमा ‘हर्ष’को ट्रेलर मंगलबार राजधानीमा एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको छ। २ मिनेट ५१ सेकेन्डको ट्रेलरले विवाहपछि परिवारमा आउने उतार–चढावको कथा देखाउँछ।

न्यूयोर्क फिल्म एकेडेमीकी स्नातक पौडेलले यसअघि छोटा सिनेमाहरू पनि निर्देशन गरेकी थिइन्। सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत र साइमन वादी मुख्य भूमिकामा रहेका ‘हर्ष’मा निर शाह, सन्तोष पन्त, माओत्से गुरुङलगायतको पनि अभिनय छ।

आलोक शुक्लाको छायांकन र वसन्त सापकोटाको संगीत रहेको सिनेमा मंसिर १२ गतेदेखि प्रदर्शनमा आउनेछ। सिनेमा अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको ब्यानरमा निर्माण भएको हो।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link