Home Main Highlight News ‘जारी २’ को बुकिङ खुला, देशव्यापी १२१ शोज
 

‘जारी २’ को बुकिङ खुला, देशव्यापी १२१ शोज

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड ।  शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी २’ को एड्भान्स टिकट बिक्री नेपालका हलले खुलाउन थालेका छन् ।

प्रारम्भिक शोज तालिका हेर्दा मंगलबार अपरान्हसम्म फिल्मले देशब्यापी १२१ शोज पाएको छ । विहिबार बेलुकासम्म कम्तीमा २०० देखि ३०० हाराहारीमा शोज हुनसक्ने अनुमान गर्न सकिन्छ ।

सोही दिन रिलिज हुने अर्को फिल्म ‘मन बिनाको धन’ले न्यून शो पाएको देखिन्छ । हलले एक/एक शोको अनुपातमा टंक बुढाथोकी निर्देशित फिल्मलाई शो दिएका छन् । यो शोज संख्या अन्तिम भने होइन, यसको लागि विहिबार बेलुकासम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

‘जारी’ को दोस्रो श्रृंखलालाई लिएर तीव्र प्रतीक्षा छ । दुईवर्षअघि रिलिज भएको पहिलो भागले २ करोड १५ लाख नेरु ग्रसको ओपनिङ गरेको थियो । दोस्रो दिन शनिबारको कमाइ पनि २ करोडभन्दा माथि थियो । फिल्मको लाइफटाइम कलेक्सन १७ करोड ४८ लाख थियो ।

बक्सअफिस विरासत बोकेको ‘जारी’को दोस्रो श्रृंखलासँग दर्शकीय अपेक्षा पनि उत्तिकै छ । फिल्मको अन्तर्राष्ट्रिय वितरक सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय रिलिज तालिका र विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link