Home Main Highlight News अन्ततः चलचित्र ‘अभिमन्यु’ मङ्सिर १८ गतेबाट प्रदर्शन हुने
 

अन्ततः चलचित्र ‘अभिमन्यु’ मङ्सिर १८ गतेबाट प्रदर्शन हुने

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । पटक-पटकको प्रदर्शन मिति स्थगनपछि अन्ततः चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। निर्माण पक्षका अनुसार, यो सिनेमा अब आगामी मङ्सिर १८ गते बाट देशभरका हलहरूमा रिलिज हुने भएको छ।

चलचित्रले हालै एक नयाँ पोस्टर सार्वजनिक गर्दै दर्शकमाझ आफ्नो उपस्थितिको औपचारिक घोषणा गरेको छ। यसअघि, ‘जेनजी आन्दोलन’, बाढी-पहिरोको प्रकोप र अन्य ठुला चलचित्रहरूको बाक्लो प्रदर्शन तालिकाका कारण फिल्म पूर्वनिर्धारित मितिहरूमा आउन सकेको थिएन।

सार्वजनिक गरिएको नयाँ पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरूको बाहुल्यता देख्न सकिन्छ। पोस्टरमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललाई क्यारेक्टर पोस्टरका रूपमा विशेष स्थान दिइएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link