बिर्तामाेड । सुपरहिट फिल्मको दोस्रो श्रृंखला ‘जारी : सङ अफ च्याब्रुङ’ अाजबाट नेपालसहित विश्वबजारमा रिलिज भएकाे छ । स्वदेश र अन्तर्राष्ट्रिय बजारको रिलिज लोकेसन, शोज संख्याको तालिका प्राप्त भएको छ । जसअनुसार, यो फिल्मले प्राप्त गरेको हल, शोज र लोकेसन निकै महत्वपूर्ण छ ।
नेपालमा शुक्रबार देशब्यापी फिल्मले २५८ शोज प्राप्त गरेको छ । ‘मनबिनाको धन’ ले ७६, ‘जेरी अन टप’ ले ४७, ‘प्रिडेटर : ब्याडल्यान्ड्स’ ले ४२ शोज र ‘द गर्लफ्रेन्ड’ ले ४१ शोज पाएका छन् । फिल्मको अन्तर्राष्ट्रिय वितरक सेभेन सिज इन्टरन्यासनलले पनि अन्तर्राष्ट्रिय बजारको विवरण बाहिर ल्याएको छ । जसअनुसार, यो फिल्म विश्वका १९२ लोकेसनमा रिलिज हुँदैछ ।
उत्तर अमेरिकाका ९५ लोकेसन, बेलायतका ३२ लोकेसन, अस्ट्रेलिया- न्यूजिल्याण्डका २२, मध्यपूर्वका ४३ लोकेसनमा फिल्म प्रदर्शन हुने जनाइएको छ । फिल्मले अन्तर्राष्ट्रिय बजारमा पहिलो साता कम्तीमा ३,३६० वटा शोज पाएको सेभेन सिजले उल्लेख गरेको छ ।
उपेन्द्र सुब्बा निर्देशित फिल्मले पूर्ववर्ती भागले भन्दा निकै ठूलो परिमाणमा लोकेसन र शोज पाएको देखिन्छ । अब फिल्मसामु प्राप्त शोज र हललाई बलियो ‘वर्ड अफ माउथ’ को मद्दतमा हलसम्म तान्नुपर्ने चुनौती छ । विशेषगरि, पूर्वी नेपालका हलमा देखिएको एड्भान्स टिकट विक्री पनि लोभलाग्दो रहेकाे छ ।

