Home Main Highlight News ‘चलचित्र पत्रकार’ लोकार्पण
 

‘चलचित्र पत्रकार’ लोकार्पण

by Parda Sansar
A+A-
Reset

काठमाडौं । ‘चलचित्र पत्रकार’ (इतिहासदेखि वर्तमानसम्म) पुस्तक लोकार्पण गरिएको छ । चलचित्र विकास बोर्डको सहयोगमा तयार गरिएको पुस्तक शुक्रबार चलचित्र विकास बोर्डको हलमा लोकार्पण गरिएको हो ।

चलचित्र पत्रकार संघद्वारा प्रकाशित उक्त पुस्तकको बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्की, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, पूर्वअध्यक्षहरू शान्तिप्रिय, विदुर गिरी, कलाकार केदार घिमिरे, साहित्यकार डा.नवराज लम्साल, राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाललगायतले सामूहिक रूपमा लोकार्पण गर्नुभएको थियो ।

लोकार्पणपछि कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष डिसीले नेपाली चलचित्रको विकासक्रममा चलचित्र पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउँदै चलचित्र पत्रकारितामा खोजी पत्रकारिताले स्थान पाउनुपर्नेमा जोड दिनुभयो । पुस्तकको बिक्रीबाट प्राप्त सम्पूर्ण रकम चलचित्र पत्रकार कल्याण कोषमा जम्मा गरिने बताइएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link