Home Main Highlight News ‘बालखैमा दिल बस्यो गौथली-२’ सार्वजनिक
 

‘बालखैमा दिल बस्यो गौथली-२’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । बालखैमा दिल बस्यो गौथलीको सफलतापछि बालखैमा दिल बस्यो गौथली २ सार्वजनिक भएको छ । जसमा बालगायक निश्चल अधिकारीको स्वर तथा दीपक शर्माको शब्द तथा संगीत सृजना रहेको छ ।

नरेन्द्र वियोगीको एरेन्ज मिक्सिङ् तथा मास्टरिगं रहेको गीतमा बालकलाकारद्धय आलोक चौरेली र आयुषा ढकालको लोभलाग्दो अभिनय देख्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा उज्जवल भविष्यको संभावना खोज्दै गाउँबाट शहर पसेको एउटा बालकले भोग्नु परेको असहज परिस्थितीलाई भिडियोमा देखाइएको छ ।

गीतमा आयुषीले आलोकले भोगेको परिस्थितिलाई सहजीकरण गर्दै स्कुल पढ्नेसम्मको वातावरण बनाइएको सन्देश मुलक र नेपाली समाजमा व्याप्त कथालाई कलात्मक शैलीमा निर्देशक प्रहील कार्कीले भिडियोमा देखाएका छन् ।

बाल्यकालदेखि नै गायनमा क्रियाशिल गायक निश्चलको अफिसियल युट्युब च्यानल निश्चल अधिकारीबाट बजारमा ल्याएका हुन् । काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिएको गीतको छायांकन राजेश घिमिरे र केही भाग योगेन थापाले गरेका हुन् । सार्वजनिक गीतको भिडियाको सम्पादन माधव वेल्वासेले गरेका हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link