Home Main Highlight News अभिषेक र आकृतिको डेब्यु फिल्म ‘कुमारी’ को छायाङ्कन सम्पन्न
 

अभिषेक र आकृतिको डेब्यु फिल्म ‘कुमारी’ को छायाङ्कन सम्पन्न

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । निर्देशक दिनेश राउतको निर्देशनमा बनिरहेको चलचित्र ‘कुमारी’को छायाङ्कनको काम सम्पन्न भएको छ । गत भदौ १७ बाट सुरु भएको छायाङ्कनको काम शनिवार सम्पन्न भएको निर्माण टिमले जनाएको छ ।

निर्माण टिमका अनुसार ‘कुमारी’ यही वर्षभित्र प्रदर्शन गर्ने लक्ष्य रहे पनि मिति भने तोक्न बाँकी नै छ । यस फिल्मबाट अभिषेक खड्का र आकृति राजभण्डारीले प्रमुख भूमिकामा डेब्यु गरेका छन् । उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की लगायत कलाकार चलचित्रमा देखिने छन् ।

विनिश इन्टरटेन्मेन्टले पिक्चर फमसँगको सहकार्यमा निर्माण भएको यो फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link