इटहरी । बालबालिकाको प्रतिभा उजागर गर्ने उद्देश्यले ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’को दोस्रो संस्करण सुरु भएको छ । ओपन स्पेस प्रा.लि.को आयोजनामा शनिबार इटहरीस्थित फुडशाला क्याफेमा सम्पन्न पहिलो अडिसनमा ४० बालबालिकाले सहभागिता जनाएका छन् ।
निर्णायकमा मिस एसईई इटहरी २०२५ की विजेता श्रेयसी भट्टराई, अर्गनाइजर च्वाइस विजेता संस्कृति दाहाल, प्रियंका थापा, डान्स कोरियोग्राफर मनिष गिरी रहेका छन् । आयोजक संस्थाका निर्देशक सरोज श्रेष्ठका अनुसार, गत वर्षका सहभागीले फिल्ममा अवसर पाएका थिए, जसमा अवि भट्टराईले फिल्म ‘बलिदान’मा सौगात मल्लको बाल्यभूमिका निभाएका थिए ।

अब फाइनल अडिसनपछि छानिएका बालबालिकालाई र्याम्प वाक, व्यक्तित्व विकास, योगा लगायत विषयमा तालिम दिइने आयोजक संस्थाकी सिईओ सजिना श्रेष्ठले जानकारी दिइन् ।
