Home Main Highlight News फिल्म ‘एक्लो-१’काे मुख्य कलाकार दिनेश डिसीको क्यारेक्टर पोस्टर सार्वजनिक
 

फिल्म ‘एक्लो-१’काे मुख्य कलाकार दिनेश डिसीको क्यारेक्टर पोस्टर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । नेपालको पहिलो साइन्स-फिक्सन फिल्म ‘एक्लो-१’का मुख्य कलाकारमध्ये एक दिनेश डिसीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सोमबार उनको जन्मदिनको अवसरमा सार्वजनिक पोस्टरमा उनलाई ‘द्रोण’ नामक पात्रको रूपमा चिनाइएको छ । पोस्टरमा उनी गम्भीर मुद्रामा देखिएका छन् । उनको पहिरन हेर्दा आध्यात्मिक प्रकृतिको पात्र देखिन्छ ।

दिनेश नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डका अध्यक्ष समेत हुन् । अध्यक्षमा नियुक्त भएपछि उनले काम गरेको पहिलो फिल्म नै ‘एक्लो’ हो । दुई साताअघि सार्वजनिक फिल्मको टिजरले उनी अभिनेता प्रदीप खड्काको गुरुको भूमिकामा रहेको संकेत दिएको थियो । फिल्मको कथामा उनको चरित्रले महत्वपूर्ण मोड ल्याउने निर्माण पक्षको दाबी छ ।

प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा दिनेश र प्रदीपसहित विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विनोद सुवेदी ‘क्षितिज’ लगायतको अभिनय देख्न सकिनेछ । फिल्ममा एनआरएन समूहको लगानी रहेको छ भने निर्मातामा प्रदीप खड्का पनि छन् ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुष १७ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्मको कार्यकारी निर्मातामा विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् । यसमा बाबु श्रेष्ठको छायांकन, रुपेश तामाङको सम्पादन, रोहित शाक्यको संगीत तथा राजु तामाङको द्वन्द्व निर्देशन छ । यो फिल्मको गत मेमा फ्रान्समा भएको विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा स्टल नै राखेर प्रचार गरिएको थियो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link