Home Main Highlight News युकेमा इन्फा अवार्ड २०२५- छक्कापञ्जा ५ बन्याे उत्कृष्ट फिल्म
 

युकेमा इन्फा अवार्ड २०२५- छक्कापञ्जा ५ बन्याे उत्कृष्ट फिल्म

उपासना र विजय उत्कृष्ट, प्रदीप र स्वस्तिमा बने लाेकप्रिय

by Parda Sansar
A+A-
Reset

लण्डन — इन्फा इभेन्ट यूकेले आयोजना गरेको दोस्रो ‘इन्फा फिल्म अवार्ड–२०२५’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली चलचित्र क्षेत्रका कलाकार, निर्देशक र प्राविधिकलाई सम्मान गरिने समारोहमा यस वर्ष ‘छक्का पञ्जा ५’ उत्कृष्ट फिल्म तथा दीपाश्री निरौला उत्कृष्ट निर्देशक बने । उत्कृष्ट अभिनेत्रीमा उपासना सिंह ठकुरी (‘खुस्मा’) र उत्कृष्ट अभिनेता विजय बराल (‘पूर्णबहादुरको सारङ्गी’) घोषित भए।

आयोजकले जारी गरेको विज्ञप्तिअनुसार समारोहमा नेपाली चलचित्र क्षेत्रमा गत वर्ष उत्कृष्ट योगदान पुर्‍याउने कलाकार, निर्देशक तथा प्राविधिकलाई अवार्डद्वारा सम्मान गरिएको हाे ।

लोकप्रिय (Popular Awards) विधामा ‘पिताम्बर’ का प्रदीप खड्का लोकप्रिय अभिनेता तथा ‘बेहुली फ्रम मेघौली’ की स्वस्तिमा खड्का लोकप्रिय अभिनेत्रीको रूपमा सम्मानित भए ।
Public Choice Awards मा ‘छक्का पञ्जा ५’ बाट दीपकराज गिरी र ‘ह्रस्व दीर्घ’ की नीता ढुंगाना विजयी बने । Encouragement Award अभिनेता: सुमन भण्डारी (द आउट ल : दफा २१९), अभिनेत्री: दिव्या रायमाझी (पिताम्बर) ले प्राप्त गरेका छन् । Special Mention Award फिल्म सतिदेवी
र निर्देशक कृषा चौलागाईंलाई मिलेकाे छ ।

जुरी अवार्डतर्फ निर्देशक मिलन चाम्स (‘अञ्जिला’), अभिनेता महेश त्रिपाठी (‘लाज शरणम्’) र अभिनेत्री दीया मास्के (‘कर्साङ’) सम्मानित भए।
यसैगरी Comedy Actor of the Year को अवार्ड केदारप्रसाद घिमिरे (माग्ने बुढा) लाई प्रदान गरियो ।

समारोहमा ‘पूर्णबहादुरको सारङ्गी’ Blockbuster Movie of the Year, ‘तेल भिसा’ Diaspora Movie Award, र तेरिया मगर ‘Performer of the Year’ घोषित भए।
विशेष योगदान सम्मान केकी अधिकारीले पाइन् भने लाइफटाइम एचिभमेण्ट अवार्ड २०२५ वरिष्ठ अभिनेत्री शर्मिला मल्ललाई प्रदान गरियो । साथै फुटबलर एन्जिला तुम्बाहाम्फे सुब्बा र कविता नेपालीलाई विशेष प्रेरणास्वरूप सम्मान दिइयो।

कार्यक्रममा नेपाल र यूकेमा बसोबास गर्दै आएका नेपाली कलाकार, निर्देशक, प्राविधिक तथा दर्शकहरूको उल्लेख्य उपस्थिति थियो। कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेलगायतले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए भने तेरिया मगरसहितका कलाकारहरूले आकर्षक नृत्य–गायन प्रस्तुत गरे।

समारोहका मुख्य संयोजक मनिष कार्कीका अनुसार नेपालबाट ४० भन्दा बढी फिल्मकर्मी अवार्ड समारोहका लागि युके पुगेका थिए। उनका अनुसार, अर्को वर्ष पनि इन्फा अवार्डको तेस्रो संस्करण युकेमै आयोजना गरिनेछ।

इन्फा अवार्ड नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने र गुणस्तरीय निर्माणलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुँदै आएको आयोजक संस्थाले जनाएको छ।

 

उत्कृष्ट फिल्म : छक्का पञ्जा ५

उत्कृष्ट निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ५)

उत्कृष्ट अभिनेत्री : उपासना सिंह ठकुरी (खुस्मा)

उत्कृष्ट पटकथा : दीपकराज गिरी (छक्का पञ्जा ५)

उत्कृष्ट सम्पादन : साहिल खान (द आउट ल : दफा २१९)

उत्कृष्ट छायांकन : पुरुषोत्तम प्रधान (पिताम्बर)

उत्कृष्ट खलपात्र : प्रमोद अग्रहरी (पिताम्बर)

उत्कृष्ट सह–अभिनेता : जीतु नेपाल (कर्साङ)

उत्कृष्ट सह–अभिनेत्री : सृजना सुब्बा (अञ्जिला), ऋचा घिमिरे (तेल भिसा)

नव प्रतिभा

नव–अभिनेता: विवेक कर्माचार्य (वर एण्ड वधु)

नव–अभिनेत्री: सृजना निङलेखु

टेक्निकल अवार्ड

द्वन्द्व निर्देशक: चुल्ठे काजी, श्री श्रेष्ठ

नृत्य निर्देशक: सुनिल श्रेष्ठ, गम्भीर विष्ट (छक्का पञ्जा ५)

गायिका: शान्ति श्री परियार ‘रुकुमै कोट’ (खुस्मा)

गायक: आशिष अविरल ‘रैया चाँदीको’ (पूर्णबहादुरको सारङ्गी)

संगीतकार: थानेश्वर गौतम ‘रात किन हुन्छ हजुर’ (अञ्जिला)

Special Mention Award

फिल्म: सतिदेवी
निर्देशक: कृषा चौलागाईं

Encouragement Award

अभिनेता: सुमन भण्डारी (द आउट ल : दफा २१९)
अभिनेत्री: दिव्या रायमाझी (पिताम्बर)

Popular Awards

अभिनेता: प्रदीप खड्का (पिताम्बर)

अभिनेत्री: स्वस्तिमा खड्का (बेहुली फ्रम मेघौली)

Public Choice Awards

अभिनेता: दीपकराज गिरी (छक्का पञ्जा ५)

अभिनेत्री: नीता ढुंगाना (ह्रस्व दीर्घ)

Jury Awards

निर्देशक: मिलन चाम्स (अञ्जिला)

अभिनेता: महेश त्रिपाठी (लाज शरणम्)

अभिनेत्री: दीया मास्के (कर्साङ)

Comedy Actor of the Year : केदारप्रसाद घिमिरे (माग्ने बुढा)

विशेष योगदान सम्मान : केकी अधिकारी

Blockbuster Movie of the Year : पूर्णबहादुरको सारङ्गी

डायस्पोरा Movie Award : तेल भिसा

Performer of the Year : तेरिया मगर

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link