Home Main Highlight News क्यूएफएक्सले फिल्म ‘परान’लाई भन्यो– ‘सुपरहिट’
 

क्यूएफएक्सले फिल्म ‘परान’लाई भन्यो– ‘सुपरहिट’

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । बक्सअफिसको सफलतामा दौडिरहेको फिल्म ‘परान’लाई देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले ‘सुपरहिट’को मान्यता दिएको छ । यो चेनले आफ्नो वेबसाइटमार्फत बुधबार फिल्मलाई उक्त ट्याग दिएको हो । क्यूएफएक्सले तेस्रो सातामा फिल्मलाई ‘सुपरहिट’ भनेको हो ।

क्यूएफएक्स चेनले पहिलो तीन दिनमा डेढ करोड कमाउने फिल्मलाई ‘ब्लकबस्टर’ र सोही बराबरको कमाइ एक हप्ताभित्र भएमा ‘सुपरहिट’को मान्यता दिने मापदण्ड बनाएको छ । ‘परान’ले प्रदर्शनको १६ दिनमा झन्डै १० करोड कमाएको यो फिल्मले तेस्रो सातामा पनि आक्रामक कमाइ गरिरहेकाले छ ।

बाबु–छोराको भावनात्मक सम्बन्धको कथामा आधारित यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ, बबिन राई लगायतको अभिनय रहेको छ । फिल्मलाई दीपक प्रसाद आचार्यले निर्देशन गरेका हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link