Home Main Highlight News चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि प्रदर्शनमा आउने
 

चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि प्रदर्शनमा आउने

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  चलचित्र ‘स्त्री’ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको यो चलचित्र आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो । मिति घोषणासँगगै चलचित्रको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ ।

मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राईको निर्माण रहेको यस चलचित्रमा निर्देशक शाहीकै कथा समावेश छ । पटकथा किशन अर्यालको छ ।

चलचित्रमा रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, सुबास काफ्ले प्रोजेक्ट म्यानेजर, देव महर्जन द्वन्द्व निर्देशक, चन्द्र भण्डारी प्रमुख सह-निर्देशक तथा श्याम बराल मेकअप र सुकनिता चौलागाईं ड्रेस डिजाइन छ ।

सह-निर्मातामा सहदेव विष्ट, प्रमोद भट्टराई प्रतीक, रीता श्रेष्ठ र मञ्जु राजबंशी रहनुभएको छ । सामाजिक कथामा तयार भइरहेको यस चलचित्रमा प्रमोद अग्रहरि, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी, दीपाश्री निरौला, बालकलाकार दिप्सन चिलवाललगायतको अभिनय छ ।

निर्माता समिर राईका अनुसार चलचित्रको हाल पोस्ट-प्रोडक्सनको काम भइरहेको छ । नारी-केन्द्रित कथामा बनेको ‘स्त्री’ को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ भने चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले देशभर वितरण गर्नेछन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link