Home Main Highlight News फिल्म ‘परालको आगो’को ‘क्यारेक्टर लुक्स’ सार्वजनिक, बैशाख ११ प्रदर्शन मिति घोषणा
 

फिल्म ‘परालको आगो’को ‘क्यारेक्टर लुक्स’ सार्वजनिक, बैशाख ११ प्रदर्शन मिति घोषणा

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  फिल्म ‘परालको आगो’ ले प्रदर्शन मिति तय गरेको छ । मंगलबार फिल्मका केही ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गर्दै निर्माताले ११ बैशाखलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन् ।

छायांकन पनि सकिएको जनाइएको छ । फिल्मलाई म्याग्दी जिल्लाका विभिन्न रमणीय स्थानमा खिचिएको थियो ।

निर्माता सुशील पोखरेलले भने, ‘मैले अरु फिल्म प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु । अरु फिल्म पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो फिल्म रिलिज गर्ने तयारीमा छु ।’ उनले उक्त मितिमा अन्य फिल्म नल्याइदिन आग्रह गरे ।

गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको यो फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने, एन्जिला बानियाँको अभिनय छ ।

सुशील देवकोटाको पटकथा रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link