Home Main Highlight News फिल्म ‘रोज’ को बहुचर्चित गीत ‘फूल होइन काँडा’लाई युट्युबमा १० करोड भ्यूज
 

फिल्म ‘रोज’ को बहुचर्चित गीत ‘फूल होइन काँडा’लाई युट्युबमा १० करोड भ्यूज

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  प्रदीप खड्का र मिरुना मगर स्टारर फिल्म ‘रोज’ को बहुचर्चित गीत ‘फूल होइन काँडा’ले युट्युबमा १० करोड भ्यूजको उपलब्धि हासिल गरेको छ । ७ वर्षअघि ओएसआर युट्युब च्यानलमा रिलिज भएको यो गीतले करोड भ्यूज प्राप्त गरेको हो ।

एलिस कार्कीद्वारा संगीतबद्ध उक्त गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर समावेश छ । गोपाल रसाइलीको एरेन्ज र राजेशकुमार श्रेष्ठको शब्द यसमा छन् ।

नीरक पौडेल निर्देशित फिल्मको उक्त गीतलाई भने निकै रुचाइयो । टर्कीको प्रसिद्ध पर्यटकीय थलोमा उक्त रोमान्टिक गीतको छायांकन गरिएको थियो । १० करोड भ्यूज प्राप्त गरेको खुशियालीमा फिल्मका कलाकार र संगीत टीमले सामाजिक सञ्जालबाट दर्शकलाई धन्यवाद दिएका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link