Home Main Highlight News फिल्म ‘बिगुल’ को प्रदर्शन मिति माघ ९लाई
 

फिल्म ‘बिगुल’ को प्रदर्शन मिति माघ ९लाई

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । बेनिशा हमालको शीर्ष भूमिका रहेको फिल्म ‘बिगुल’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार पोस्टर सार्वजनिक गर्दै फिल्मको ९ माघलाई प्रदर्शन मिति निश्चित गरेका हुन् । फिल्ममा रमेश कोइरालाको निर्देशन, कल्पना पौडेलको प्रस्तुति र दिनेश कोइरालाको लगानी छ ।

सार्वजनीक तीन पोस्टरमध्ये एकमा हमाल गम्भीर भावमा छिन् । सोही पोस्टरमा राँको लिएका एक हुल प्रदर्शनकारी छन् । दोस्रो पोस्टरमा बेनिशासहित नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित भावमा छन् ।

अर्को पोस्टरमा सबै कलाकार फिचर्ड छन् । ‘बिगुलमा हामीले उठाएको मूल मुद्दा र पछि जेन्जी पुस्ताले उठाएका माग, देश विकास र परिवर्तनप्रति आमनेपालीको चाहनाको विषय ठ्याक्कै मिल्न गएको छ’ निर्माता कोइराला भन्छन्, ‘त्यसकारण यो फिल्म हामीले जेन्जी आन्दोलनप्रति समर्पित गरेका छौं ।’

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर बाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्माको पनि अभिनय छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link