Home Main Highlight News चलचित्र ‘लोकन्ती’को ‘लाजै नमानी’ बाेलकाे गीत सार्वजनिक
 

चलचित्र ‘लोकन्ती’को ‘लाजै नमानी’ बाेलकाे गीत सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’को ‘लाजै नमानी’ बाेलकाे गीत सार्वजनिक गरिएको छ। यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको गीत ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक रोमान्टिक प्रेमिल गीतमा चलचित्रका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन्। सार्वजनिक गीतमा मेलिना राई र नारायण थापाको स्वर रहेको छ । गीतका शब्द शंकर अधिकारीले लेखेका हुन् भने विकास चौधरीले संगीत गरेका छन्। काजी लिम्बुले लेखेको कथा ‘लोकन्ती’ चलचित्रलाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन्।

यसै चलचित्रमार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन्। संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा,शृंगार अशोक रोक्काको रहेको छ भने सम्पादन गौतम राज खड्काले गरेका हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link