Home Main Highlight News आना शर्मा स्टारर ‘रमिताको पिरती’ को टिजर सार्वजनिक
 

आना शर्मा स्टारर ‘रमिताको पिरती’ को टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’ को टिजर सार्वजनिक भएको छ । फिल्मको शीर्ष भूमिकामा आना देखिएकी छिन् । उनीसहित टिजरमा धीरज मगर, समीर श्रेष्ठ र विनय श्रेष्ठलाई पनि देख्न सकिन्छ ।

गायक समेत रहेका समीरले यो फिल्मबाट अभिनय करिअर थालेका छन् । टिजरमा आनाको भूमिकामा विविधता देखिन्छ । उनलाई प्रेम, रोमान्स, खुसी, दुःख र ब्रेकअपका मुडमा प्रस्तुत गरिएको छ ।

फिल्मले एउटा युवतीको सम्बन्ध र महसुसको कथा चित्रण गरेको बुझ्न सकिन्छ । युवतीको मनोविज्ञानबाट फिल्मको कथा भनिएको छ । सेरो फिल्मस्को प्रस्तुतिमा बनेको फिल्मलाई सुदीप्तले निर्देशन गरेका हुन् । पटकथा लेखन पनि उनैले गरेकी हुन् ।

भ्यालेन्टाइन्स डेको अवसरमा २३ माघमा फिल्म प्रदर्शन हुने जनाइएको छ । निर्माता सागर लम्साल हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link