Home Main Highlight News बक्स अफिसमा रेकर्ड तोड्दै ‘धुरन्धर’
 

बक्स अफिसमा रेकर्ड तोड्दै ‘धुरन्धर’

by Parda Sansar
A+A-
Reset

मुम्बई । रणवीर सिंह अभिनित चलचित्र ‘धुरन्धर’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। सप्ताहको बिचमा पनि उत्कृष्ट प्रदर्शन गर्दै चलचित्रले परम्परागत ट्रेन्डलाई तोड्दै आफ्नो पहिलो बुधबारको कलेक्सन मंगलबारको भन्दा बढी गर्न सफल भएको छ।

५.५ करोड भारतीय रुपैयाँ ग्रसभन्दा बढीको अग्रिम बिक्रीले ‘धुरन्धर’ ले पहिलो बुधबार राम्रो कमाइ गर्ने स्पष्ट सङ्केत दिएको थियो। तर, साँझ र रातिको दर्शक उपस्थितिमा आएको भारी उछालका कारण चलचित्रले अकल्पनीय कमाइ गर्न सफल भयो।

आधिकारिक तथ्याङ्कअनुसार, चलचित्रले पाँचौँ दिन (मंगलबार) २८.६ करोड नेट कमाइ गरेको छ, जुन यसको पहिलो दिनको कलेक्सनसँग बराबर हो। चौथो दिनको २२४.३ करोडको तुलनामा यसमा १७.६९% को वृद्धि देखिएको छ।

२८.६ करोडको कमाइसहित ‘धुरन्धर’ बलिउडको इतिहासमा सातौँ ठुलो मंगलबारको कलेक्सन दर्ता गर्न सफल भएको छ। यसले स्त्री २ (२६.८ करोड), जवान (२६.५२ करोड), र छावा (२५.७५ करोड) लाई पछि पारेको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link