Home Main Highlight News नेपालमा आएन कपिल शर्माको ‘किस किसको प्यार करूँ २’
 

नेपालमा आएन कपिल शर्माको ‘किस किसको प्यार करूँ २’

by Parda Sansar
A+A-
Reset

चर्चित भारतीय कमेडियन कपिल शर्मा अभिनीत फिल्म ‘किस किसको प्यार करूँ २’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। विश्वव्यापी प्रदर्शनमा आएको यो फिल्म नेपालका सिनेमा हलहरूमा भने देखिँदैन।

कपिल शर्माले अभिनेतास्वरूप फर्किएको यो फिल्म अनुकल्प गोस्वामीले निर्देशन गरेका हुन्।

पारिवारिक कमेडी विधामा बनेको फिल्ममा मुख्य पात्र मोहन (कपिल शर्मा) को अव्यवस्थित वैवाहिक जीवन नै कथाको केन्द्र हो। उनले विभिन्न कारणले गरी तीन-चार महिलासँग विवाह गरेको अवस्थाबाट उत्पन्न हुने हास्यास्पद परिस्थितिलाई फिल्मले प्रस्तुत गर्छ।

नेपालका ठूला मल्टिप्लेक्स चेन क्युएफएक्स, आईएनआईसहित अन्य हलमा ‘किस किसको प्यार करूँ २’ प्रदर्शन नहुनुले नेपालमा यो फिल्म अहिले रिलिज नभएको बुझन् सकिन्छ।

फिल्ममा कपिलसहित हिरा वारिना, मनजोत सिंह, त्रिधा चौधरी, आयशा खान, असरानी जी, अखिलेन्द्र मिश्रालगायत कलाकारहरूको अभिनय छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link