Home स्थानीय समाचार मुद्रण उद्योग संघ झापाको आठौँ बार्षिक साधारणसभामा दाता सम्मानित
 

मुद्रण उद्योग संघ झापाको आठौँ बार्षिक साधारणसभामा दाता सम्मानित

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । पर्यटकीय क्षेत्र कन्काई नगरपालिकास्थित जामुनखाडीमा मुद्रण उद्योग संघ झापाको शनिबार आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
वनभोजसहित आयोजित साधारणसभामा संघद्वारा स्थापित अक्षयकोषमा ५० हजार रुपैयाँ प्रदान गरी पहिलो अक्षयकोषदाताको रुपमा टीका भट्टराई नेपाल सम्मानित भएकी छन् । कार्यक्रममा मनकामना स्टेसनरी एण्ड छापाखाना दमककी सञ्चालक तारा श्रेष्ठलाई महिला उद्यमीको रुपमा सम्मान गरिएको थियो । त्यसैगरी, संघका अध्यक्ष रोहित भट्टराई, गोविन्द निरौला, विनोद दाहाल, भानुभक्त खनाल, पुण्यप्रसाद खतिवडा, रमेशकुमार बस्नेत, विष्णु इङ्नाम, राजु पोखरेल, विष्णु बराल, राजकुमार शाह (राजु), याम थुलुङ, अर्जुनबहादुर थापा, टंकप्रसाद निरौला, नारायण मण्डल, भिष्मराज राजवंशीलाई अक्षयकोषमा सहयोग गरेकोमा प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । संघको अक्षयकोषमा दुई लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको अक्षयकोष संयोजक टंक निरौलाले जानकारी दिनुभयो । त्यस्तै, साधारणसभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष रमेशकुमार बस्नेतले प्रस्तुत गरेका थिए ।
नेपाल मुद्रण उद्योग संघका केन्द्रीय उपाध्यक्ष युवराज डाँगीको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष रोहित भट्टराईको अध्यक्षता साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा महासंघका कोशी प्रदेश अध्यक्ष लव कुमार घिमिरे, महासंघका सल्लाहकार कृष्ण अधिकारी, कोशी प्रदेश सदस्य नरेश तुम्रोक, सम्मानित व्यक्तित्वको तर्फबाट टीका भट्टराई नेपालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा महासंघका सहकोषाध्यक्ष राजु पोखरेल, केन्द्रीय सदस्य गोविन्द निरौला, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य केदार खनाल लगायतको आतिथ्यता रहेको थियो । संघका उपाध्यक्ष कृष्ण राई (याम थुलुङ)ले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका सचिव भानुझखनालले गरेका थिए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link