43
बिर्तामोड । गायिका विन्दु परियार तथा गायक एवं र्यापर आश्मान केसीको नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा विन्दु र आश्मान नै फिचर्ड छन् ।
गीत ‘च्वाप्प मोइ’ लाई गायिका विन्दुकै विन्दु परियार नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतलाई डाइनामिक स्टुडियोमा तयार गरिएको हो भने विमल छिनालले एरेञ्ज गरेका हुन् ।
गीतको भिडिओमा मेघनाथ चौधरीको छायाङ्कन, विमला तामाङको शृंगार, मिलन विश्वकर्माको कलर, जीएफएक्स र सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ भने र्यापर आश्मानले निर्देशन गरेका हुन् ।

