Home Main Highlight News ‘आबाट आमा’ को गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक
 

‘आबाट आमा’ को गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  फिल्म ‘आबाट आमा’ को शीर्षक गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक भएको छ । रवि ओडको स्वर रहेको गीतले आमाको माया, संघर्ष, महत्व र निस्वार्थ त्यागको कुरा गर्छ। गीतको शब्द तथा संगीत बाबुल गिरीको हो।

भिडिओमा फिल्मका शीर्ष कलाकारहरू प्रस्तुत छन्। बिपना थापा, प्रदीप रावत, पल शाह, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती लगायतको अभिनय गीतमा देख्न सकिन्छ। गीतको शब्द र भावले सृष्टिको सुरूआत आमाबाटै हुन्छ भन्ने सन्देश दिन्छ।

आर्या इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा निर्माण भएको ‘आबाट आमा’ मा चन्द्र पन्तको कथा तथा निर्देशन छ। फिल्म माघ १६ गतेदेखि प्रदर्शनमा आउने तालिका छ। सार्वजनिक ‘सृष्टिकै पहिलो नाम’ ओएसआर डिजिटल युट्युबमा हेर्न सकिन्छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link