Home Main Highlight News आयुष्मान र रश्मिकाको हरर-कमेडी ‘थामा’ ओटिटीमा रिलिज
 

आयुष्मान र रश्मिकाको हरर-कमेडी ‘थामा’ ओटिटीमा रिलिज

by Parda Sansar
A+A-
Reset

बलिउड अभिनेता आयुष्मान खुराना र अभिनेत्री रश्मिका मन्दना अभिनीत हरर-कमेडी फिल्म ‘थामा’ ओटिटीमा रिलिज भएको छ। सिनेमा हलमा प्रदर्शनमा आएको ६ हप्तामै यसलाई ओटिटीमा स्ट्रिमिङ गरिएको हो। मंगलबारदेखि फिल्म अमेजन प्राइम भिडिओमार्फत विश्वभरका दर्शकहरूले हेर्न सक्नेछन्।

गत दिपावलीको अवसर पारेर प्रदर्शनमा आएको ‘थामा’ ले बक्स अफिसमा विश्वव्यापी रूपमा करिब १८७ करोड भारू कमाएको थियो। फिल्म नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शन भएको थियो।

आदित्य सरपोतदार निर्देशित ‘थामा’ मा आयुष्मान र रश्मिकासँगै नवाजुद्दिन सिद्दीकी, परेश रावल, फैसल मलिकलगायत कलाकारहरूको अभिनय छ। फिल्ममा हास्य, डर र रोमान्सलाई एकसाथ मिसाएर प्रस्तुत गरिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link