Home Main Highlight News फिल्म ‘झरीपछिको इन्द्रेणी’को ‘जब फर्किन्छु घर’ गीत रिलिज
 

फिल्म ‘झरीपछिको इन्द्रेणी’को ‘जब फर्किन्छु घर’ गीत रिलिज

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक भएको छ । प्रदर्शनरत फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको बेला निर्माताले नयाँ गीत ‘जब फर्किन्छु घर’ रिलिज गरेका हुन् ।

गीतमा मनोज थापामगरको संगीत संयोजन, गणेश कार्कीको शब्द रचना, हेमन्त रानाको स्वर छ । गीतमा भिडियोमा कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल, दिप्सन चिलवाल फिचर्ड छन् ।

फिल्म हलमा रिलिज भएसँगै कलाकार हल–हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन् । यो फिल्मलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह, महानगर प्रहरी प्रमुख राजु पाण्डे, जेन–जी नेता सुदन गरुङ लगायतले हेरेका छन् ।

उनीहरु सबैले फिल्म उत्कृष्ट बनेको बताउँदै सिनेमा राम्रो बनेको प्रतिक्रिया दिएका छन् । यो फिल्मबाट पाका अभिनेता गणेश उप्रेतीले पुनरागमन गरेका छन् ।नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको मुलुकको फिल्ममा राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको असर र नयाँ पुस्ताको आक्रोशलाई कथाको रुपमा पेश गर्छ । इमानदार कर्मचारी र सन्तानको मर्मस्पर्शी कथा पनि छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link