बिर्तामोड । सामाजिक राजनीतिक विषयमा निर्माण भएको फिल्म ‘बिगुल’ आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्म यतिबेला प्रचारप्रसारमा छ । यस्तैमा निर्माण युनिटले फिल्मको शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ सार्वजनिक गरेको छ । युवराज चौलागाई र अनु चौधरीको स्वर रहेको गीतमा फिल्मका कलाकार बेनीशा हमाल र नरेन खड्का फिचर्ड छन् । गीतमा शब्द र संगीत अर्जुन पोखरेलको छ ।
रमेश कोइराला निर्देशित ‘बिगुल’को कथाकार र निर्माता दिनेश कोइराला हुन् । पछिल्लो समय एकै खाले विषयका बग्रेल्ती फिल्म आइरहेको अवस्थामा ‘बिगुल’ले भने राजनीति, परिवार, समाजलाई मनोरञ्जनको सम्मिश्रण गरी कथा बुनेको बताइन्छ ।
फिल्ममा बेनीशा हमाल,नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमिरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतको अभिनय छ ।
म्याग्नोलिया ग्रुपको ब्यानर कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको पटकथा–सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिव ढकालको छायाङ्कन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,विश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् ।
सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका फिल्मको बितरण काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्ने छन ।
