बिर्तामोड । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टाइटल गीत सार्वजनिक भएको छ । गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि प्रकाश सपूतकै छ ।
सार्वजनिक गीत ‘मिरमिरे भो’मा युवा र युवतीबीचको प्रेम देखाइएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा छ ।
‘मिरमिरे’मा बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरीको पात्र शाइसा गौचनले निभाएकी छन् । यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल प्रमुख कलाकार छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको चलचित्रका सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा वितरण कम्पनि आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
