Home Main Highlight News चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक
 

चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  चलचित्र ‘द ब्ल्यू लाइट’ काे टिजर  सार्वजनिक गरिएकाे छ । चलचित्र आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले चलचित्रको एक टिजर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो । यसअघि चलचित्र १० पुसमा प्रदर्शन आउने तयारीमा थियो ।

बलिराम चौहानको निर्देशन रहेको चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी लगायतको अभिनय छ । चलचित्रमा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

महेश र बेनिशाको संवादसँगै सुरु हुने चलचित्रको टिजर लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दा देखाउने प्रयास गरेको छ । अविश्वास, नियत र आक्रमणको वरिपरि मुख्य पात्रहरू घुमिरहँदा उनीहरूले कसरी एकले अर्कोलाई सिद्ध्याउने खेल खेलिरहेका छन् भन्ने कथामा चलचित्र बनेको टिजरबाट अनुमान गर्न सकिन्छ ।

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको चलचित्रको–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link