Home Main Highlight News दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ बन्यो सन् २०२५ मा सर्वाधिक हेरिने नेपाली गीत
 

दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ बन्यो सन् २०२५ मा सर्वाधिक हेरिने नेपाली गीत

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । ‘दुश्मन हेरेको हेर्‍यै’ सन् २०२५ मा युट्युबमा सबभन्दा धेरै हेरिने नेपाली गीत बनेको छ।  सन् २०२४ को डिसेम्बर ३० मा रिलिज गीतलाई एक वर्षमा झन्डै १५ करोड पटक हेरिएको छ।

दुर्गेश थापाको प्रस्तुति रहेको गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो। सन् २०२५ सकिन लाग्दा (आइतबार) सम्म गीतलाई १४ करोड ९५ लाख ५४ हजारभन्दा बढी पटक हेरिएको छ। योसँगै गीत वर्षको सबभन्दा धेरै हेरिएको नेपाली गीत बनेको हो।

दुर्गेशकै शब्द तथा संगीत रहेको गीतमा उनीसहित समीक्षा अधिकारी, एलिना चौहान र आनन्द कार्कीको स्वर छ। गीत टिकटक र रिल्समा समेत निकै चर्चामा थियो।

‘दुश्मन हेरेको हेर्‍यै’ को चर्चासँगै दुर्गेशलाई देश विदेशका स्टेज कार्यक्रममा भ्याइनभ्याइ थियो। अहिले पनि उनी स्टेज कार्यक्रममा व्यस्त छन् ।  ‘दुश्मन हेरेको हेर्‍यै’ भिडिओमा दुर्गेशसहित प्रियंका कार्की, कविता नेपाली, पेमा लामा, सहदेव श्रेष्ठ लगायतको अभिनय छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link