Home Main Highlight News चलचित्र ‘बिगुल’मा समावेश गीत ‘आउ यस्तो देश बनाऔं’ सार्वजनिक
 

चलचित्र ‘बिगुल’मा समावेश गीत ‘आउ यस्तो देश बनाऔं’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  ‘बिगुल’ चलचित्रमा समावेश गीत ‘आउ यस्तो देश बनाऔं’  सार्वजनिक गरिएको छ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीत राजेश पायल राईले गाएका हुन् । गीतमा चलचित्रका सबै प्रमुख कलाकार प्रस्तुत भएका छन् ।

रमेश कोइरालाको निर्देशन अनि दिनेश कोइरालाको कथा र निर्माण रहेको ‘बिगुल’ माघ ९ गतेबाट प्रदर्शनमा आउँदैछ । ओएसआर डिजिटलबाट सार्वजनीक गीतमा देशप्रेम, राष्ट्रभक्ति, समाबेशीता, शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ । राष्ट्रिय झण्डासहित देशमा सुसाशन, विकास र शान्तिको सन्देश फैलाउन कलाकारहरु घरदैलो जागरणात्मक अभियानमा लागेको देखाइएको छ ।

देश आम निर्वाचनमा होमिन लागेको बेलामा सार्वजनिक गरिएकाले गीतले चुनावी माहौलको झल्को दिएको छ । गीतमा आमजनताको आवाज मुखरित भएको दाबी निर्माण पक्षको छ ।

चलचित्रमा वेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतको अभिनय छ । म्याग्नोलिया ग्रुपको ब्यानर महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको चलचित्रको पटकथा र सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् ।

शिब ढकालको छायाङकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् । चलचित्र राजधानीभित्र काफिया फिल्म्स् र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्दैछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link