Home Main Highlight News यस वर्षकाे भारतीय हिट चलचित्रको उपाधि गुजराती चलचित्र ‘लालोः कृष्ण सदा सहायते’
 

यस वर्षकाे भारतीय हिट चलचित्रको उपाधि गुजराती चलचित्र ‘लालोः कृष्ण सदा सहायते’

by Parda Sansar
A+A-
Reset

दिल्ली । २०२५ भारतीय सिनेमाका लागि निकै सफल वर्ष साबित भएको छ । वर्षभरि प्रदर्शनमा आएका धेरै चलचित्रले उल्लेखनीय आम्दानी गरे । सैयारा, एक दिवाने की दिवानियात र तेरे इश्क में जस्ता रोमान्टिक चलचित्रले राम्रो प्रतिक्रिया पाए भने धुरंधर, छवा र कान्तरा च्याप्टर–१ उच्च आम्दानी गर्ने चलचित्रमध्ये परे । तर तीमध्ये कुनै पनि चलचित्र वर्षको सबैभन्दा ठूलो हिट बन्न सकेनन् ।

यस वर्षको सर्वाधिक हिट चलचित्रको उपाधि भने ५० लाख रुपैयाँको बजेटमा बनेको सानो गुजराती चलचित्रले पाएको छ । ५० लाख भारुको बजेटमा बनेको गुजराती चलचित्र ‘लालोः कृष्ण सदा सहायते’ २०२५ को सबैभन्दा ठूलो हिट बनेको छ । यो चलचित्र अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने गुजराती चलचित्र बनेको छ । फिल्मले बक्स अफिसमा १२० करोड भारु कमाएको छ । चलचित्रले करिब २४ हजार प्रतिशत नाफा कमाएको बताइएको छ ।

‘लालोः कृष्ण सदा सहायते’ ले यसअघि आमिर खानको चलचित्र सेक्रेट सुपरस्टार ले बनाएको रेकर्ड तोडेको छ । जायरा वसीम अभिनीत सेक्रेट सुपरस्टार १५ करोड भारुको बजेटमा बनेको थियो र यसले करिब ९०० करोड भारु आम्दानी गरेको थियो । सो चलचित्रको नाफा करिब ६ हजार प्रतिशत रहेको थियो ।

‘लालोः कृष्ण सदा सहायते’ मा कुनै ठूला स्टार छैनन् । चलचित्रमा न गीत छन्, न नृत्य, न त एक्सन नै । यो एक भक्तिपूर्ण नाटकमा आधारित चलचित्र हो । यति हुँदाहुँदै पनि यसले थुप्रै ठूला ब्लकबस्टर चलचित्रलाई पछि पार्दै सर्वाधिक हिट बन्न सफल भएको छ ।

अंकित सखियाद्वारा निर्देशित यस चलचित्रमा रिवा रमछ, श्रुहद गोस्वामी, करण जोशी र मिष्टी कडेचाले अभिनय गरेका छन् । चलचित्र २०२५ अक्टोबर १० मा हलमा रिलिज भएको थियो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link