Home Main Highlight News ‘आत्मामा’की गायिका बबिता मानन्धरको नयाँ गीत ‘कलियुगकी राधा’
   

‘आत्मामा’की गायिका बबिता मानन्धरको नयाँ गीत ‘कलियुगकी राधा’

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । बबिता मानन्धरको ‘कलियुगकी राधा’मा आश्मा बिश्वकर्मा लोक आधुनिक शैलीको गीत ‘कलियुगकी राधा’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच बरिष्ठ गायिकाहरु कुन्ति मोक्तान, सुक्मित गुरुङ, मोनिला सोताङ र देविका बन्दनाले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको गीतमा बबिता मानन्धरको स्वर, डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र कुमार केसीको मिक्सिङ रहेको छ । यस्तै राजिव समरले निर्देशन गरेको गीतको भिडियोमा आश्मा बिश्वकर्मा र अभिषेक श्रेष्ठको नृत्य रहेको छ । भिडियोमा दिनेश पराजुलीको छायाँकन र डिन्सन शाहको सम्पादन छ । शुरेश मानन्धरले निर्माण गरेको गीत डान्सिङ्ग बिटमा आधारित छ ।

सुमधुर स्वरकी धनी गायिका बबिता मान्धरले २०५७ सालमा प्रदर्शनमा आएको फिल्म ‘चलचित्र’बाट पाश्र्व गायन शुरु गरेकी हन् ।
साढे दुई दशक लामो सांगीतिक यात्राको क्रममा उनले चाहछु म तिमीलाई, बाउन्सर, मेरी आम्मै लगायत झण्डै २ दर्जन चलचित्रमा प्लेब्याक गरेकी छिन । चलचित्र बाहेक अन्य जनरामा ५ दर्जन हाराहारीका गीतमा उनले स्वर दिएकी छिन ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link