Home Main Highlight News चलचित्र ‘प्रवासी जीवन’को ट्रेलर सार्वजनिक
   

चलचित्र ‘प्रवासी जीवन’को ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । चलचित्र ‘प्रवासी जीवन’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी फागुन १५ देखि प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर नयाँ बानेश्वरस्थित वान सिनेमामा आयोजित एक कार्यक्रममा अभिनेता राजेश हमाल, चलचित्रका निर्देशक तथा अभिनेता श्याम क्षेत्रीले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

चलचित्रमा मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रित गरेर चलचित्र तयार परेकाले प्रवासीको जीवनलाई नजिकबाट बुझ्नु हुनेछ  । चलचित्रमा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रिकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयं निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।

‘सिजल एण्ड सिस्टर फाउण्डेशन फर नेपाल’को सहकार्यसमेत रहेको उक्त चलचित्रमा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएकाे हो । अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायांकन गरिएको यस चलचित्रलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेको छ ।

चलचित्रको कथा, पटकथा तथा संवाद स्वयं निर्देशक क्षेत्रीले नै तयार गर्नुभएको हो । यसमा अमृत बिसुवाले छायांकन, राम अधिकारीले सम्पादन, सुवास सिञ्चुरीले पार्श्व संगीत, देवी खतिवडाले शृंगार, राज शंकर र प्रतिक सार्कीले ध्वनि मुद्रण, नवीन कार्कीले संगीत सिर्जना, मुख्य सहायक निर्देशन लक्ष्मण अधिकारीले गर्नुभएको छ भने प्रमोद खरेल र प्रताप दासले स्वर दिनुभएको छ । यस चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link