67
काठमाडौँ । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनिरहेको चलचित्र ‘आचार्य’को छायांकनको काम सम्पन्न भएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा चलचित्रको अन्तिम दृश्य लिएसँगै सुटिङ ‘प्याक अप’ गरिएको हो ।
चलचित्रको अन्तिम दृश्यमा डेब्यु कलाकार सुरेश कोहली तथा जेसिका पोखरेलको दृश्य लिइएको थियो । गत भदौ ४ गतेबाट फ्लोरमा निस्किएको चलचित्रले काठमाडौं, ललितपुर, भारत, पोखरा तथा सर्लाहीमा ७६ दिन लगाएर सुटिङ सम्पन्न गरेको छ ।
निर्माताको रूपमा अभिनेत्री सञ्चिता लुइँटेल रहेकी छन् । ‘आचार्य’मा अभिनेता निखिल उप्रेतीको प्रमुख भूमिका रहनेछ ।


