Home Main Highlight News दीपेन्द्र लामाको निर्देशनमा ‘छ माया छपक्कै २’, छायाङ्कनको काम चैतदेखि
   

दीपेन्द्र लामाको निर्देशनमा ‘छ माया छपक्कै २’, छायाङ्कनको काम चैतदेखि

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । ‘छ माया छपक्कै’को दोस्रो शृङ्खला दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने भएको छ । दशैँमा रिलिज हुने गरी चैत १ गतेबाट छायांकन सुरु हुने निर्माण टिमले जनाएको छ ।

दीपकराज गिरी नै यस चलचित्रमा पनि शीर्ष भूमिकामा देखिनेछन् । उनी यस चलचित्रमा मुनाफा साझेदारको रुपमा जोडिँदैछन् । हाल चलचित्रको स्क्रिप्टको काम भइरहेको उनले बताएका छन् ।

दोस्रो शृङ्खलामा पनि पुरानै टिम फर्किने तयारी रहेको खबर छ । यस फिल्ममा रोहित अधिकारी लगानीकर्ताको रुपमा रहनेछन् । फिल्ममा दीपकराजसहित केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल देखिने भएका छन् ।

छ माया छपक्कैले विपरित राजनीतिक पृष्ठभूमिका दुई परिवारमा केन्द्रित कथा पस्किएको थियो । यस फिल्ममा त्यही कथाको निरन्तरता हुने छ अथवा फरक कथा लिएर आउनेछ, त्यो भने चासोको विषय रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link