Home Main Highlight News प्रीति कौरको स्वरमा ‘लालिमा’को गीत सार्वजनिक
   

प्रीति कौरको स्वरमा ‘लालिमा’को गीत सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । २९ फागुनबाट रिलिजकाे तयारीमा रहेको फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ ।

गीतमा प्रीति कौरले स्वर दिएकी छिन् भने शब्द रोशन मिराज, केएम जोशी र गायिका कौर नै रहेकी छन् । एरेन्ज, मिक्सिङ, मास्टरिङ र संगीत जोशीको रहेकाे छ ।

गीतको भिडिओमा रोशनी कार्की र जीवन भट्टराई फिचर्ड छन् । अन्य कलाकार उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायतका फिल्मका दृश्यलाई भिडिओमा समावेश गरेर निर्माण पक्षले कथाबारे जानकारी दिन खोजेको सार्वजनिक गीतमा देख्न सकिन्छ ।

भिडियोमा रोशनी र जीवनको द्वन्द्व-रोमान्स देख्न सकिन्छ भने रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको देखिन्छ । रोशन मिराजको लेखन-निर्देशनमा बनेको यस फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय छ ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link