65
काठमाडौं । चलचित्र ‘बिगुल’को प्रदर्शन बुधबारबाट स्थगित गर्ने घोषणा गरिएको छ । निर्माता कम्पनी म्याग्नोलिया ग्रुप प्रालिले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म प्रदर्शन रोक्ने निर्णय गरेको हो ।
निर्वाचनको संवेदनशिल अवस्थालाई ध्यानमा राखेर सम्बन्धित निकायको सुझाव तथा परिस्थितीको मूल्याङ्कनपछि यो निर्णय लिइएको विज्ञप्तिमा जनाइएको छ ।
नयाँ रिलिज डेट चाँडै घोषणा हुने निर्माता दिनेश कोइरालाले जानकारी गराएका छन् । रमेश कोइराला निर्देशित फिल्म सकारात्मक प्रतिक्रियासहित हलमा चलिरहेको थियो । यो फिल्ममा बेनिशा हमाल, नरेन खड्का, पिवनोद न्यौपाने, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल लगायतको अभिनय रहेको छ ।


