Home Main Highlight News फिल्म ‘राम नाम सत्य’को सकियो छायाङ्कन
   

फिल्म ‘राम नाम सत्य’को सकियो छायाङ्कन

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । फिल्म ‘राम नाम सत्य’को छायाङ्कन सकिएको छ ।  निर्देशक माइकल चन्दले सोमबारबाट फिल्मको सम्पूर्ण छायाङ्कन सकिएको जानकारी दिए । ‘५ वर्षदेखि सपना बुनेको फिल्म ‘राम नाम सत्य’मा मलाई साथ दिने कलाकार, प्राविधिक र निर्मातालाई धन्यवाद’ उनले भने ।

आगामी चैत्रको २७ गते रिलिज मिति तोकिएको फिल्ममा बिराज भट्ट, सुपुष्पा भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरूको अभिनय छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार फिल्मका कार्यकारी निर्माता हुन् ।

निर्माण युनिटले फिल्मको पहिलो गीत ‘धागोले बाटेको’ केही दिन अघि सार्वजनिक गरेको थियो । बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत रहेको गीतमा फिल्मका मुख्य कलाकार बिराज भट्ट र सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । बिराज र सुपुष्पा रोमान्टिक देखिएको गीतसँगै फिल्मको आधिकारी प्रचार सुरु भएको निर्माण युनिटले जनाएको छ ।

माइकल चन्दकै कथा र पटकथा रहेको यो फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन छ । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ ।
https://www.youtube.com/watch?v=n4ysKHphIUY&t=1s

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link